नियम ५१
मेलमिलाप अनुगमन समिति
(१) मेलमिलाप सम्बन्धी काम, कारवाहीको स्थानीय स्तरमा अनुगमन गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको एक अनुगमन समिति रहनेछः–
(क) जिल्ला न्यायाधीश – संयोजक
(ख) जिल्ला विकास समितिको सभापति वा निज नभएको अवस्थामा स्थानीय विकास अधिकारी – सदस्य
(ग) जिल्ला न्यायाधीशले तोकेको जिल्लास्थित मुद्दा हेर्ने निकायको प्रतिनिधि एकजना – सदस्य
(घ) सचिव, जिल्ला बार एकाई – सदस्य
(ङ) सम्बन्धित जिल्ला स्थित मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था र सूचीकृत मेलमिलापकर्ताको प्रतिनिधित्व हुने गरी कम्तीमा एकजना महिला सहित मेलमिलाप अनुगमन समितिबाट मनोनीत दुईजना – सदस्य
(च) श्रेस्तेदार, जिल्ला अदालत – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत सदस्यले इमान्दारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेमा वा निजमा कार्य क्षमताको अभाव भएमा मेलमिलाप अनुगमन समितिले निजलाई जुनसुकै बखत सो समितिको सदस्यबाट हटाउन सक्नेछ।
तर त्यसरी निजलाई पदबाट हटाउनु अघि आफ्नो सफाई पेश गर्ने मौका दिइनेछ ।
(४) मेलमिलाप अनुगमन समितिको बैठक लगायत अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।